Todays Date: २०८३ जेष्ठ ११

प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’को अफिसियल ट्रेलर सार्वजनिक

काठमाडौं । प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले मंगलवार राजधानीमा एक कार्यक्रम ट्रेलर सार्वजनिक गरेको हो ।

‘प्रसाद’ फेम्ड निर्देशक दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदीप, दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रेणु योगी, अमजद प्रवेज, देव कुमार श्रेष्ठ, हुम बिसीलगायतको अभिनय छ ।

आगामी भदौ १० गतेदेखि नेपालसँगै आधा दर्शन बढी देशमा एकसाथ प्रदर्शनको तयारीमा रहेको फिल्मको निर्माता महेन्द्र अधिकारी हुन् ।

पोष्टर, टिजर र गीतबाट फिल्मले प्रशंसा बटुलिसकेको छ । यसअघि लभस्टोरी फिल्ममा मात्र देखिँदै आएका प्रदीपले यस फिल्ममा निर्वाह गरेको फरक भूमिकालाई चासोका रूपमा हेरिएको छ ।

https://youtu.be/GCaqNxKXwNw
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x