काठमाडौं । समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्म ‘मीरा दि टेल्स अफ लाइफ’ युट्युबमा सार्वजनिक भएको छ।
सार्वजनिक सर्ट फिल्ममा प्रेमको सुन्दरता देखाउन खोजिएको छ। प्रेमले दुई युवतीको जीवनमा आएको परिवर्तनलाई सकारात्मक ढंगले प्रस्तुत गरिएको छ।
हरकसैको प्रेममा मानिस खुसी हुन सक्ने सन्देश ‘मीरा’मार्फत दिन खोजिएको छ। प्रेमलाई महसुस गर्न भने गाह्रो हुने कुरा पनि सर्ट फिल्ममा प्रस्तुत गरिएको छ।
यो सर्ट फिल्म अनिता पण्डितले निर्माण गरेकी हुन्। ‘मीरा’मा अनिताका साथमा अर्नभी ढुङ्गाना, मौसम खड्का र अभिषेकले अभिनय गरेका छन्। अनिल कटुवालले छायांकन गरेको फिल्मको सम्पादन बिजेश पौडेलले गरेका हुन्।