Todays Date: २०८३ जेष्ठ ३१

बेनिशा हमाल अभिनित चलचित्र ‘प्रेमगञ्ज’को ट्रेलर सार्वजनिक

काठमाडौं । परिच्छेद सेनको डेब्यू निर्देशन रहेको चलचित्र ‘प्रेमगन्ज’को ट्रेलर सार्वजनिक भएको छ। साढे तीन मिनेट लामो ट्रेलरले दुई पुस्ताको प्रेमकथालाई आकर्षक दृश्यसहित वाचन गर्ने प्रयास गरेको छ।

प्रेमकथा श्रेणीमा बनेको फिल्ममा तेज गिरि, बेनिशा हमाल, ,राइडर प्रशन , सुप्रिया खनाल र सिमरन खड्कालाई देख्न सकिन्छ।

चलचित्रले दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गरेको छ। तेज र बेनिशाले युवा उमेरका मैनाराजाको भूमिकामा अभिनय गरेका छन् भने प्रशन, सुप्रिया र सिमरनले टिनएजर मैना राजाको भूमिका निर्वाह गरेका छन्।

फिल्मको ट्रेलर सुरक्षा पन्तको मनोलगसँगै सुरु भएको छ। तर, निर्माण टिमका अनुसार फिल्म भित्र सुरक्षा पन्त अतिथि भूमिकामा मात्र रहेकी छन्। ट्रेलरमा भने उनले कथा वाचकको जिम्मेवारी निर्वाह गरेकी छन्।

अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रलाई परिच्छेद स्वयंले लेखेका हुन्। चलचित्र ३ भदौमा नेपाललगायत भारतका केही सहरमा एकसाथ प्रदर्शन हुँदैछ। योसँगै फिल्म युरोपका विभिन्‍न देशका सिनेमाघरमा पनि रिलिजको तयारी भइरहेको निर्माण टिमले जनाएको छ।

अर्जुन जीसीको सम्पादन र सञ्जय लामाको छायांकन रहेको फिल्ममा नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली, पवन भट्टराई आदिको पनि अभिनय रहेको छ। फिल्ममा किरण भुसाल, पुरुषोत्तम ढुंगेल, गैरे सुरेश र सरोज पोखरेलको संगीत रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x