Comedy

हास्य कलाकार घनश्याम गौतमको गाईजात्रे झटारो ‘लुटतन्त्र’

काठमाडौं । गाईजात्राकाे अवसर पारेर हास्य कलाकार घनश्याम गाैतमले हास्यव्यङ्ग्य ‘गाईजात्रे झटाराे लुटतन्त्र’ सार्वजनिक गरेका छन् ।

समसामायिक राजनीतिक विषयवस्तुलाई समेटेर तयार पारिएको प्रहसनमा ‘डाँडाघरे साइली’ गीतको प्याराेडी पनि छ । जसमा गाैतमकै शब्द तथा स्वर छ । कविता श्रेष्ठले उनलाई गायनमा साथ दिएकी छन‍् ।

‘लुटतन्त्र’मा घनश्यामसँगै कलाकारहरू सुभाष गजुरेल, कमल मैनाली, दमन रुपाखेती, सुरेश तिमल्सिना, प्रेम शर्मा पाैडेल, सरिता राजाेपाध्याय, गीता थापा, डम्बर घिमिरे, पशुपति दँगाल, विष्णु राेक्का ,सविता खड्का, सानू घायल, सुरेन्द्र क्षेत्री, खगेन्द्र गुरागाईं, मनकुमार विस्वकर्मा, सुलभ श्रेष्ठ र राजु तिमल्सिना लगायतको अभिनय छ ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments