Trailer

पहाडी भेगका एक धामीको कथामा आधारित ‘आखत’ को ट्रेलर सार्वजनिक

काठमाडौं । आचार्य गोपालको निर्देशन तथा लेखनमा बनेको लघु चलचित्र ‘आखत’ को ट्रेलर सार्वजनिक भएको छ।

आचार्य गोपालको निर्देशन तथा लेखनमा बनेको लघु चलचित्र ‘आखत’ को ट्रेलर सार्वजनिक भएको छ।

‘आखत’ अन्तर्राष्ट्रिय तथा राष्ट्रिय फिल्म महोत्सवमा छनोट तथा प्रिमियर भएको थियो। जर्मनीको ‘फिल्म स्कुल फेस्ट म्युनिच’, रसियाको ‘भिजेआइके फिल्म स्कुल फेस्टिभल’, बेलायतको ‘लण्डन सर्ट फिल्म फेस्टिभल’, नेपालको ‘निफ’ लगायतका महोत्सवहरूमा चलचित्रको प्रदर्शन भइसकेको छ।

दृश्य लय सिनेमाको प्रस्तुती रहेको फिल्ममा नेपालको पहाडी भेगका एक धामीको कथालाई प्रस्तुत गरिएको छ।

डा‍‍. रुविना जि रसाइली, राेसिक पाठक र शंकर धितालकाे लगानी रहेकाे चलचित्रमा नरबहादुर गाहा र गणेश गाहा मगरको अभिनय रहेको छ। अंकित पाैडेलले छायांकन गरेकाे चलचित्रलाई सन्दिप श्रेष्ठले सम्पादन गरेका हुन्।

निर्देशक आचार्यले लघु चलचित्रसँगै म्युजिक भिडिओको निर्देशन गरिसकेका छन्।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments