Todays Date: २०८३ जेष्ठ १२

करण राईको ‘द काइट्स’ बजारमा, राजेशपायलले गरे विमोचन

काठमाडौं । गायक करण राईको पहिलो एल्बम ‘द काइट्स’को बजारमा आएको छ। द काइट्सको राजेशपायल राई, अभिनेता दयाहाङ राई, झुमा लिम्बु र प्रकाश आङ्देम्बेले संयुक्त रुपमा विमोचन गरे।

एल्बम विमोचन गर्दै राजेशपायल राईले करणलाई संगीतको श्रद्धा गर्ने व्याक्तिको रुपमा चिनेको बताए । यस्तै, अभिनेता दयाहाङ राईले पनि करण र एल्बमको प्रसंशा गरे।

विमोचन कार्यक्रममा गायक करणले पहिलो एल्बम बजारमा ल्याउन पाउँदा चंगाजस्तै आकाशमा उडिरहेको महसुस भएको बताए । करण अमेरीकाबाट नेपाल फर्किएर यो एल्बम बजारमा ल्याएका हुन् ।

करणको ‘द काइट्स’ ९ गीत समावेश छन् । सबै गीतमा करणको स्वर रहेको छ भने ‘फुलै राम्रो’ मा करणले मेलिना राईले साथ दिएकी छिन्। एल्बमका गीत प्रकाश आङ्देम्बे, डम्बर नेपाली, धरारानी, थुक्तेन डुक्पा र सपना भुजेलले खेलेका हुन् भने देबेश राई, डम्बर नेपाली र महेन्द्र राईको संगीत रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x