काठमाडौं । लोकप्रिय गायिका अस्मिता अधिकारीको नयाँ गीत ‘ढल्केला ढल्केला’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक कमल खत्री र अनिता लिम्बुको शब्द तथा संगीत रहेको गीतको भिडियोमा लन्डन निवासी चर्चित मोडेल अनिता लिम्बुलाई हट अवतारमा प्रस्तुत गरिएको छ ।
कुशल श्रेष्ठको सिनेमाटोग्राफी, सम्पादन र निर्देशनमा बनेको ‘ढल्केला ढल्केला’को भिडियोलाई मोडेल एवं यही भिडियोकी निमात्री अनिता लिम्बुको युट्युब च्यानल (Anita Limbu) बाट सार्वजनिक गरिएको हो ।