चलचित्र ‘प्रेमगञ्ज’ले पायो पीजी सर्टिफिकेट, १८ वर्षमुनिकाले हेर्न नपाइने
काठमाडौं । भदौं ३ बाट रिलिज हुने नेपाली चलचित्र ‘प्रेमगञ्ज’ले पीजी सर्टिफिकेट पाएको छ । सो चलचित्र हेर्न १८ वर्षमुनिका किशोरकिशोरीले आफ्ना आमाबुबालाई साथमा लानुपर्नेछ।
मंगलवार प्रिमियर गरी रिलिज गर्न लागिएको चलचित्र परिच्छेद सेनले निर्देशन र राजु फुयालले निर्माण गरेका हुन् । २ घन्टा ५८ मिनेट लामो चलचित्रमा एउटै व्यक्तिको उमेरअनुसार प्रेममा आउने उतारचढावको कथा देखाइएको छ ।
बेनिशा हमाल, तेज गिरी, सम्पदा बानियाँ, पवन भट्टराई लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको उक्त चलचित्रमा टिकटक स्टार राइडर प्रशान (प्रशान श्रेष्ठ), आयुषी ढकाल र सुप्रिया खनालको पनि अभिनय रहेको छ ।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।