Todays Date: २०८३ जेष्ठ २८

‘नेक्स्ट सुपर मोडल नेपाल’ का लागि आवेदन खुल्ला

काठमाडौं । ट्यालेन्ट पिक इन्कर्पोरेटले आयोजना गर्न लागेको सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल नेपाल २०२२’ को लागि आवेदन खुला गरेको छ । आयोजकले विज्ञप्ति जारी गर्दै सन् २०२२ को संस्करणको लागि आवेदन खुल्ला गरिएको जनाएको छ ।

१८ वर्षदेखि माथिको उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्ने प्रतियोगितामा युवकको हकमा कम्तीमा ५ फिट ५ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट उचाई हुनुपर्ने प्रावधान राखिएको छ ।

प्रतियोगिताको अडिसन भाद्र ११ गते हुनेछ । अडिसनमा सहभागी हुन इच्छुक प्रतिस्पर्धीले ग्लोवल अनलाईन पेमार्फत आफ्नो आवेदन दिन सक्नेछन् ।

आयोजक संस्थाकी मेनेजर स्वस्ती दंगालले अन्तिम स्पर्धाका लागि छानिएका प्रतियोगीलाई करिब एक महिनासम्म व्यक्तित्व विकास, सञ्चार कला, पब्लिक स्पिकिङ, शारीरिक फिटनेस, -याम्प वाक, बडी ल्याङ्वेज, फोटोसुट, एक्सप्रेसनलगायतका ग्रुमिङ कक्षामा सहभागी गराइने बताइन् । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ बराबरको उपहारसहित अन्तर्राष्ट्रिय फेसन र मोडलिङ सम्बद्ध विभिन्न आकर्षक अवसरहरू प्राप्त गर्ने छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x