Todays Date: २०८३ जेष्ठ २८

चलचित्र ‘प्रेम गीत–३’को दोस्रो टिजर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रेम गीत–३’को टिजर सार्वजनिक भएको छ । प्रदीप खड्का र कृष्टिना गुरुङ मुख्य भूमिकामा रहेको चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।

सार्वजनिक टिजरमा माया, प्रेम र एक्सन समेटिएको छ भने चलचित्रका मुख्य पात्रहरू फिचर्ड छन् ।

दोस्रो टिजरको बटमलाइन पनि मुख्य पात्रले राजगद्दी वा प्रेममध्ये एक छान्नुपर्ने संघर्ष नै हो । दोस्रो टिजर पनि हिन्दी स्वरांकन र ब्याकग्राउन्ड स्कोरले बलियो बनेको छ ।

निर्माता सन्तोष सेनले सेप्टेम्बर १ तारिखमा ट्रेलर रिलिज हुने बताए । तर फिल्म चाहिं असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन तयारीमा छ । सन्तोष सेन र छेतेन गुरुङले फिल्म निर्देशन गरेका हुन् ।

प्रदीप र मनिषसँगै क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, समृद्धि ठकुरी, सुनिल थापा र शिव श्रेष्ठको समेत अभिनय छ । फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x