Todays Date: २०८३ जेष्ठ १२

‘सम्हालिन्छ कहिले मन’ को शीर्ष गीत सार्वजनिक

काठमाडौं । सुदर्शन थापाले निर्देशन गरेको फिल्म ‘सम्हालिन्छ कहिले मन’को शीर्ष गीत सार्वजनिक भएको छ।

सोमबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो। सुगम पोखरेलको स्वर रहेको गीतमा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन फिचर्ड छन्।

सुगम पोखरेलको ‘सम्हालिन्छ कहिले मन’ गीतको नाम सापटी लिँदै यो फिल्म बनाइएको हो। सुयेश भट्टराईको शब्द रहेको गीतमा जेमेस प्रधानले संगीत भरेका थिए भने यसको रिमेकमा सैलेन्द्र डि प्रधानले एरेन्ज गरेका छन्।

त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्ममा पूजा, आकाश र सोनमसँगै सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ललगायत कलाकारको अभिनय छ। गायक सोनम तोप्देनले यही फिल्मबाट अभिनयमा डेब्यू गर्दैछन्। उनी बलिउडका चर्चित गीतको कभर संस्करणमा रूचाइएका गायक हुन्।

एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता अमित बस्नेत, परी राना र अजितकुमार थापा छन्। फिल्मको कथा महेश दवाडीले तयार पारेका हुन्।

बेलायत र नेपालमा छायांकन गरिएको म्युजिकल लभस्टोरी फिल्मलाई दर्शकले रूचाउने निर्माण टिमको विश्वास छ। सौरभ लामाले छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्।

यो फिल्म भदौ १७ गतेदेखि प्रदर्शन हुँदैछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x