श्रेष्ठलाई जगदम्बा-श्री, लम्साललाई मदन पुरस्कार
काठमाडौं । यो वर्षको जगदम्बा–श्री पुरस्कार बनारसबाट प्रकाशित हुने ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएको छ ।
यस्तै, यो वर्षको मदन पुरस्कार ‘अग्नि’ महाकाव्यका लागि डा. नवराज लम्साललाई प्रदान गर्ने निर्णय गरिएको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।