Songs

‘दुई नम्बरी’को पहिलो गीत ‘झलल आयो तिम्रो याद’ (भिडियोसहित)

काठमाडौं । दीपेन्द्र लामा निर्देशित फिल्म ‘दुई नम्बरी’को पहिलो गीत सार्वजनिक भएको छ।

बुधबार ‘झलल आयो तिम्रो याद’ बोलको गीत सार्वजनिक गरिएको हो।

मेलिना राई र जयन जे वाइबाको स्वर रहेको गीतको भिडिओमा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी र उगेन छोदेनलाई देख्न सकिन्छ।

जयन जे वाइबाको शब्द तथा संगीत रहेको गीतमा रिकेश गुरुङको संयोजन रहेको छ।

दुई साथीको मित्रतालाई देखाइएको फिल्ममा सौगात, दयाहाङ, उपासन र उगेनसँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, श्रेयांश पौडेल, विश्वास गुरुङ, डिबी गुरुङ, राजु थापामगर, सागर शाह ठकुरी, सतिश सिंह खत्री, गणेश बस्याल, राजकुमार राईलगायत कलाकारको अभिनय छ। फिल्मको कथा निर्देशक लामाले नै तयार पारेका हुन्।

यो फिल्म असोज २१ गतेदेखि प्रदर्शन भएको छ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments