Todays Date: २०८३ जेष्ठ १२

अन्तराष्ट्रिय पुरस्कार पाएको चलचित्र ‘बुलबुल’ अमेजन प्राइममा रिलिज

काठमाडौं । सन् २०१९ मा प्रदर्शनमा आएर राष्ट्रिय एवं अन्तराष्ट्रिय पुरस्कार पाएको चलचित्र ‘बुलबुल’ अमेजन प्राइममा रिलिज भएको छ।

अमेरिका, बेलायत लगायत विश्वभरका दर्शकहरुले अमेजन प्राइमको साइटमा गएर निश्चित रकम तिरेपछि बुलबुल हेर्न सक्नेछन्।

स्वस्तिमा खड्काले यो चलचित्रमा उत्कृष्ट अभिनय गरेवापत् सार्क फिल्म फेस्टिभल लगायत अन्य घरायसी फेस्टिभलहरुका साथै राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेकी थिइन्।

निर्देशक विनोद पौडेलले पनि उत्कृष्ट निर्देशकको पुरस्कार हात पारेका थिए। यो चलचित्रले नेपालको तर्फबाट ९२औं अस्कर फिल्म अर्वाडमा पनि प्रतिनिधित्व गरेको थियो भने संसारका कैयन् अन्य चलचित्र महोत्सवमा पनि छानिएको थियो।

चलचित्रमा मुकुन भुषाल, लक्ष्मी बर्देवा, दीपक क्षेत्री लगायका कलाकारको अभिनय छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x