Todays Date: २०८३ जेष्ठ १२

चलचित्र ‘हिजो आजका कुरा’को दोस्रो गीत ‘परदेश’ सार्वजनिक (भिडियो)

काठमाडौं । चलचित्र ‘हिजो आजका कुरा’ को दोस्रो गीत सार्वजनिक भएको छ ।

शुक्रवार अभिनेता सन्तोष पन्तका छोरा साकार पन्तको डेब्यू निर्देशित चलचित्रको दोस्रो गीत ‘परदेश’ सार्वजनिक गरिएको हो।

हर्कुलेस बस्नेतको स्वर तथा संगीत रहेको गीतमा एकतारे र साकार पन्तको शब्द छ। भने रिकेश गुरुङको संयोजन रहेको छ।

गीतको भिडिओमा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा र दिव्यदेव पन्त लगायतलाई देख्न सकिन्छ। यससअघि ‘माया जदौ’ बोलको गीत सार्वजनिक भएको थियो ।

सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जयनन्दन लामा, रमेश अधिकारी, जेविका कार्की, विनायक कुइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, लक्ष्मी भुषाल, सविन शाक्य, मन्जु श्रेष्ठ, कमला रेग्मीलगायत कलाकारको अभिनय छ।

चलचित्र असोज २८ गतेदेखि प्रदर्शन हुँदैछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x