Comedy

कमेडियन अपूर्व क्षितिज साधारण तारेखमा रिहा

Apurba kshitiz1661684476


काठमाडौं । जातीय भावनामा ठेस पुग्ने गरी कमेडी गरेको आरोपमा पक्राउ परेका अपूर्व क्षितिज सिंह साधारण तारेखमा छुटेका छन् ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले कोरोना संक्रमण भएपछि अपूर्वलाई साधारण तारेखमा छाडिएको जनाएको छ । अपूर्व ११ दिनअघि पक्राउ परेका थिए । वुधबार मात्र ५ दिनको म्याद थपिएको थियो ।

हिरासतमै बिरामी भएपछि मंगलबार उनी अस्पताल भर्ना भएका थिए । नेवारी समुदायका अभियन्ताको उजुरीपछि अपूर्व पक्राउ परेका हुन् । सार्वजनिक आलोचनापछि माफी मागेर भिडियो हटाए पनि अपूर्व पक्राउ परेका थिए ।

कार्यालयले उनलाई संक्रमण निको भएपछि उपस्थित गराउने व्यवस्था गरी रिहा गर्न बिहीबार अनुमति दिएको हो। उनीविरुद्ध केही अभियन्ताहरुले दिएकाे उजुरीका आधारमा आइतबार पक्राउ गरेकाे थियाे।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments