Todays Date: २०८३ जेष्ठ १२

जोसेफ शाही ठकुरीको ‘दरबारे माया’

काठमाडौं । देउडा शैलीको नयाँ गीत ‘दरबारे माया’ सार्वजनिक भएको छ । गीतको शब्द तथा संगीत युवा गायक एवम् संगीतकार जोसेफ शाही ठकुरीले गरेका हुन ।

पुरुषोत्तम सुवेदीको संगीत संयोजन र किशोर थापाको ध्वनी सम्पादन रहेको गीत ए–वन म्युजिसीयन स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडयोमा चर्चित मोडल बिना राउत, सुरज मल्ल, भद्र कुँवर, सङ्गकला गौतम र सचिन गौतम लगायतको अभिनय हेर्न सकिन्छ ।

बसन्त कुँवरको छायाँकन र टेकेन्द्र शाहको दृश्य सम्पादन रहेको ‘दरबारे माया’ गीतको भिडियो निर्देशन गौरव गिरीले गरेका हुन् ।

‘दरबारे माया’ आधुनिक शैलीको देउडा गीत हो ।

गीतमा चोखो माया गर्ने केटीसँग घरजम गरेर गाउँमै बस्ने तयारी जुटेको युवाको कथा समेटिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x