काठमाडौं । ‘प्रेम गीत–३’को हिन्दी भर्सन शुक्रबार रिलिज नहुने भएको छ । तर, सो फिल्मको हिन्दी भर्सन भने नेपालमा भोलिबाट प्रदर्शन नहुने भएको छ। भारत लगायत अन्य देशमा भने हिन्दी भर्सन भोलिदेखि नै प्रदर्शन हुनेछ।
नेपाली भर्सन शुक्रबारबाट रिलिज भए पनि हिन्दी भर्सन भने सोमबारबाट रिलिज हुने भएको छ ।
यसको कारण भने निर्माण पक्षले स्पष्ट पारेको छैन । तर, आज सञ्चार मन्त्रालयले ‘प्रेम गीत–३’को हिन्दी भर्सनलाई पनि नेपाली चलचित्र नै भएको बताएको थियो ।
यसअघि, चलचित्र विकास बोर्डले हिन्दी भाषामा स्वरांकन गरेको चलचित्रलाई नेपाली भन्न नसकिने भन्दै विदेशी भाषाको चलचित्र सरह सेन्सरका लागि कागजात जुटाउन भनेको थियो ।
निर्माण पक्षले पनि सोही अनुसार कागजात जुटाएपछि सेन्सरका लागि चलचित्र विकास बोर्डले सेन्सर पासका लागि सिफारिस गरेको थियो ।