Todays Date: २०८३ असार १३

दुई दिनमा ‘प्रेमगीत ३’ले कमायो नेपालमा सवा ४ करोड र विश्वभरबाट कति ?

काठमाडौं । ‘प्रेमगीत’को हिन्दी र नेपाली संस्करणले विश्वव्यापी कमाइ गरेको छ । नेपाली संस्करणले घरेलु बक्स अफिसमा शुक्रबार २ करोड ५ लाख ग्रस र शनिबार २ करोड २० लाख रुपैयाँ ग्रस कमाएको छ ।

भारतमा फिल्मको हिन्दी संस्करणले दुई दिनमा १ करोड ९५ लाख भारु कमाएको छ । शुक्रबार भारतमा १ करोड १२ लाख र शनिबार ८३ लाख भारु कमाइ भएको छ ।

ओभरसिजमा शुक्रबार १ करोड ६७ लाख भारु कमाएको फिल्मले शनिबार १ करोड २३ लाख रुपैयाँ कमायो । ओभरसिजमा दुई दिनमा फिल्मले २ करोड ९० लाख भारु कमायो ।

दुई दिनमा ‘प्रेमगीत’को हिन्दी र नेपाली संस्करणले विश्वव्यापी ८ करोड ७९ करोड भारु अर्थात् १४ करोड ६ लाख रुपैयाँ कमाएको छ । शुक्रबार ४.८४ करोड भारु र शनिबार ३.९५ करोड कमाइ गरेको हो ।

नेपालमा सोमबारदेखि हिन्दी संस्करण पनि रिलिज हुने भए पनि कमाइमा वृद्धि हुने देखिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x