अमेरिकन गायन रियालिटी शो ‘द भ्वाइस’मा नेपाली मूलकी परिजिता बास्तोला (भिडियोसहित)
काठमाडौं । नेपाली मूलकी १७ वर्षिया परिजिता बास्तोलाले गायन रियालिटी शो ‘द भ्वाइस’काे २२ औं संस्करणमा उत्कृष्ट प्रस्तुती दिएकी छन्।
उनले गायक ल्याब्रिन्थको ‘जेलस’ बोलको गीत गाएकी थिइन्। उनी ब्लाइन्ड अडिसनमा चारै जना कोचको कुर्सी घुमाउन सफल भएकी छन्। साथै कोचहरूले उनको गायनको तारिफ गरेका थिए।
उनले ‘द भ्वाइस’मा गाएको उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
उनको प्रस्तुतीपछि कोचहरू क्यामिला काबेलो, ब्लेक शेल्टन, ग्वेन स्टेफानी र जोन लिजेन्डले आफ्नो टिममा आउन आग्रह गरेका थिए। उनको परिवारले जोनको टिममा जान सुझाव दिएको भिडिओमा देख्न सकिन्छ।
उनले आफू ‘द भ्वाइस’मा प्रतिस्पर्धा गर्ने पहिलाे नेपाली रहेकाे बताइन्। उनले चारै जना कोचलाई नेपालबाट ल्याएकाे रुद्राक्षको माला लगाइदिएकी थिइन्।
गायन रियालिटी शो ‘द भ्वाइस’ अमेरिकाको एनबिसी टेलिभिजनबाट प्रसारण भइरहेको छ।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।