Todays Date: २०८३ बैशाख १०

चलचित्र “डिग्री माइला एमए थर्ड क्लास” को छायांकन शुरु ।

कबड्डी’ फ्रेम्ड निर्देशक रामबाबु गुरुङले चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’को छायांकन सुरु गरेका छन ।
गत शनिबार भाटभटेनी मन्दिरमा शुभमुहूर्त गरिएको चलचित्रको शुक्रबारबाट ओखलढुङ्गास्थित रुम्जाटारमा क्यामेरा पूजा गर्दै छायांकन सुरु गरिएको हो ।

चलचित्रको पहिलो चरणको सम्पूर्ण छायांकन रुम्जाटारमै गरिने रामबाबुले जानकारी दिएका छन् ।

दोस्रो चरणको छायांकन आगामी मंसिरमा काठमाडौं र ओखलढुङ्गामा गरिने जनाइएको छ ।

अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको जोडी बाँधिने चलचित्रमा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङलगायतको पनि अभिनय रहनेछ । म्युजिक भिडियोमा सहकार्य गरिसकेका दयाहाङ र आँचलबीच चलचत्रिमा पहिलो पटक सहकार्य भएको हो ।

मण्डला थिएटरमा २०७१ सालमा तीनपटकसम्म मञ्चन भएको ‘डिग्री माइला’ नाटकको आइडियामा केन्द्रित रहेर चलचित्र निर्माण हुन लागेको हो । त्यो नाटकलाई अभिनेता दयाहाङ राईले निर्देशन गरेका थिए ।

बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको कथा शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको निराशामा आधारित हुनेछ । निर्माण अगाडि नै चलचित्रले प्रदर्शन मिति नेपाली नयाँ वर्ष २०८१ मा तय गरिसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x