चर्चित गायिका आस्था राउतको स्वरमा सजिएको नयाँ गीत ” लै बरी लै ” केही समयमा नै रिलिज गर्ने क्रममा रहेको जानकारी ABfimly का सहकर्मीसग कुरा गर्दै बताएकि छ्न । उक्त गीतको संगीत चर्चित संगितकार सुरेश अधिकारीले दिएका छन भने रचयिता सावित्री राउतको रहेको छ । उक्त गीतको निर्देशन किरण थापाले गरेका छ्न ।
उनको सबैभन्दा चर्चित गीत चौबन्दीमा पटुकी , नाकैमा फुली , कोसिस गर जित्यो भने जितिन्छ हारे सिकिन्छ ,आधार भाग २ , कम्पनीमाला , झुम्के बुलाकी , नाकैमा फुली , सालको पात , यानिमाया , माया यो माया , फाट्यो माइतीको चिनो लगायातका गीत मार्फत सबैको मन जितेकी छन । उनले देश बिदेशका धेरै देशहरु र नेपालमा उनलाई स्टेजको रानीको रूपमा लिन्छन । उनी भ्वाइस अफ नेपाल सिजन २ को कोच भएर सबैको प्रिय भैसकेकि छन । उक्त गीत उनको युटुब च्यानल Astha Raut देखी सार्वजनिक हुदैछ ।
