
नीजि क्षेत्रको लगानीमा लमजुङमा निकै ठूलो लागतमा फिल्म सिटी निर्माण हुने भएको छ । ‘स्मार्ट फिल्म सिटी’ निर्माणका लागि बुधबार सूचना तथा सञ्चार मन्त्रालयको सभाकक्षमा नेपालको तर्फबाट स्काई इन्टरटेन्मेन्ट इन्भेस्टमेन्ट प्रा.लि. र इटालियन कम्पनी वर्ल्ड एरिया होल्डिङ कम्पनीबीच सहमती पत्रमा हस्ताक्षर भएको छ । ५ अर्ब ९० करोड लाग्ने स्काई इन्टरटेन्मेन्ट इन्भेस्टमेन्टका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।
लमजुङको बेसीसहर नगरपालिकाको वडा नं. ३, ४, ५ र ९ को ५ हजार रोपनीमा फिल्म सिटी निर्माण हुनेछ । उक्त फिल्म सिटी संसारकै सबैभन्दा अग्लो ठाउँको फिल्म सिटी पनि हुने अध्यक्ष अधिकारीले बताए । समुद्रीसतहभन्दा २०६० देखि २९०० मिटरसम्म उचाईमा यो फिल्म सिटी निर्माण हुन लागेको हो । निर्माता तथा निर्देशक समेत रहेका अधिकारीले ‘वर्ल्ड स्काई सिने भिलेन नेपाल’ ले नेपालको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।