News

चपली हाइट ३’ को प्रदर्शन मिति फेरि सर्‍यो

chapali I3qCpqH6qQ

काठमाडौं । फिल्म ‘चपली हाइट ३’ को प्रदर्शन मिति फेरि सारेको छ । आगामी बिहीबारबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म सरेर पुस ३० मा पुगेको छ । नेपाल चलचित्र संघको अनुरोधका कारण आफूले फिल्म सारेको निर्माता अर्जुन कुमारले बताए ।

‘चलचित्र संघले आगामी चैत्रसम्मका लागि जुनै डेटमा पनि सिङ्गल नेपाली फिल्म रिलिज गर्ने निर्णय गरेको छ’ अर्जुन कुमारले भने ‘संघले ‘कठपुतली’ सिङ्गल रिलिज गर्ने वातावरण बनाउन गरेको अनुरोध मैले स्वीकारेको हो ।’

आफ्नो फिल्म रिलिजमा पनि सिङ्गल रिलिजको वातावरण बनाउने बचन संघले दिएको अर्जुन कुमारले सुनाए । भने ‘फिल्म सरेको सरेकै गरेर मलाई प्रचार प्रसारको धेरै घाटा लागेको छ ।’

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments