News

चर्चित र्‍यापर ‘लाहुरे’ ब्राउन सुगर सेवन गरेको आरोपमा पक्राउ

2021 12 3061cd532f17482

काठमाडौं । चर्चित र्‍यापर आशिष राना उर्फ लाउरे पक्राउ परेका छन्।

उनी बुधबार साँझ पोखराबाट पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीका अनुसार पोखराको न्यूरोडबाट लाउरेलाई पक्राउ गरिएको हो।

रानालाई लागूऔषधको मुद्दामा पक्राउ गरिएको प्रवक्ता डिएसपी तिवारीले जानकारी दिए।

जिल्ला अदालत कास्कीबाट म्याद थप गरि अनुसन्धान अगाडि बढाउने तयारीमा प्रहरी रहेपनि आज सार्वजनिक बिदा भएका कारण सम्भव नभएको र म्याद थपका लागि भोलिमात्रै अदालत लगिने डिएसपी तिवारीले जानकारी दिए।

लाहुरे रियालिटी शो हिमालय रोडिजका निर्णायक समेत हुन् ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments