काठमाडौं । गायक रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक भएको छ ।
ढकालले नयाँ वर्षको अवसरमा ‘तिमी त सानो पोखरीमा खुसी छौ। म सिङ्गै समुन्द्र बोकेर तिम्रो पर्खाइमा छु’ बोलको गीत सार्वजनिक गरेका हुन्।
उनको पछिल्लो गीत यादव भट्टराईले लेखेका हुन्। दीपक शर्माले संगीत गरेको गीतमा हृदय कँडेलले संगीत संयोजनमा गरेका छन्।
गीतको म्यूजिक भिडियोमा गायक ढकाललाई नै देख्न सकिन्छ। डिजे राजु सिंहले निर्देशन गरेको भिडियो शिवु श्रेष्ठले सम्पादन गरेका हुन्।