News

अमेरिकामा स्टेजमै उक्लेर गायक राजेश पायल राईलाई हातपात गर्ने व्यक्तिले मागे माफी

rajesh payal rai mafi1 iwW1c7f25k

काठमाडौं । अमेरिकाको न्युयोर्कमा आयोजित सांगीतिक कार्यक्रममा गीत गाइरहेका बेला स्टेजमै उक्लेर गायक राजेश पायल राईलाई हातपात गर्ने व्यक्तिले माफी मागेका छन्।

जनवारी दुई अर्थात आइतबार अमेरिकास्थित न्यूयोर्कमा पञ्च भलादमीसहितको उपस्थितमा शेर्पाले गायक राईलाई एक बोतल रक्सी राखेर क्षमा मागेका थिए ।

किरात समुदायको परम्परागत संस्कार अनुसार कसैले गल्ती गरे समाज (पञ्च)सामू एक वोतल रक्सी राखेर (माफि माग्नु) ढोगवेद गरे मेलमिलाप हुने अर्थात क्षमा दिने गरिन्छ । जसलाई किरात समुदायमा ‘शिर उठाउने’ भनिन्छ ।

गायक राईमाथि प्रस्तुति दिँदै गर्दा स्टेजमै आक्रमण गरिएपछि उक्त विषयले सामाजिक संजाल तथा सांगीतिक क्षेत्रमा तरङ्ग पैदा भएको थियो ।

उक्त घटनप्रति संगीतसँग सम्बन्धित विभन्न संस्था तथा व्यक्तिहरुले घोर भत्र्सना गरेका थिए । उता आक्रमणमा परेका राईले भने कुनै पनि नकारात्मक टिप्पणी गरेका थिएनन् ।

बरु उनले पछाडीबाट आएका अंगालोहरु स्वीकार्य रहेको । तर अगाडिबाट आएको ज्वालामुखी पनि निल्न सक्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

उक्त विषयमा आयोजकले भने शेर्पा राजेशको फ्यान भएकोले उनले अंगालो मारेको स्पष्टिकरण दिएको थियो ।
परापूर्वकालदेखि नै हाम्रा मतवालीका पुर्खाहरूले झगडा-रगडा हुँदा यसरी नै सल्टाउँदै आएका छन्। अब आगोमाथि घीउ थप्ने काम नगरौं।’

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments