Todays Date: २०८३ जेष्ठ ११

‘छक्का पञ्जा’ बन्यो युट्युबमा धेरै हेरिएको पहिलो नेपाली फिल्म

काठमाडौं । फिल्म ‘छक्का पञ्जा’ युट्युवमा धेरै हेरिने पहिलो नेपाली फिल्म बनेको छ । हाइलाइट्स नेपालले सार्वजनिक गरेको फिल्मले युट्युवमा ३ करोड बढी भ्युज पाएको छ । युट्युवमा यति धेरै भ्युज पाएको यो पहिलो नेपाली फिल्म हो ।

फिल्मले युट्युवमा ३ करोड बढी भ्युज पाएको खुसी निर्माता तथा कलाकार दीपकराज गिरीले समाजिक सञ्जालबाट शेयर गरेका छन् । उनले लेखेका छन्, ‘छक्का पञ्जा’ युट्युबमा ३ करोड बढी पटक हेरिएको पहिलो नेपाली फिल्म भएकोमा सबै टिमलाई बधाई, सबै दर्शकलाई नमन ।’

दीपाश्री निरौलाको निर्देशन रहेको फिल्ममा दीपक र प्रियंकाको अलवा जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

‘छक्का पञ्जा’ को अहिले चौंथो श्रृखंला निर्माणको क्रममा छ । दीपकराज गिरीले लेखन गरिरहेको फिल्म आगामी वैशाखबाट छायाङ्कनमा जाने र दशैंमा रिलिज गरिने योजना दीपक र दीपाको रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x