News

युट्युबबाट हटाइयो ‘हे दैव’ गीत

thumb

काठमाडौं । मेलिना राई र किरण गजमेरको स्वरमा रहेको ‘हे दैव’ बोलको गीत युट्युबबाट हटाइएको छ ।

रमेश एमके पौडेलको रचना तथा सुवास भुषालको संगीत भनिएको उक्त गीतको सुरुको हरफ नै आफ्नो रचनाबाट चोरी गरिएको गीतकार तथा सञ्चारकर्मी भुपेन्द्र खड्काले दाबी गरेपछि उक्त गीत अहिले हटाइएको छ ।

गीतकार तथा सञ्चारकर्मी भूपेन्द्र खड्काले गीतको शुरुको हरफ नै आफ्नो रचना रहेको गीत ‘भेटिएर छुट्नुभन्दा’बाट हुबहु चोरिएको बताएका छन् ।

यो गीत २०६१ सालमा रेकर्ड भएर २०६२ सालमा सार्वजनिक भएको गायक एवं संगीतकार कर्णदासको एल्बम ‘आधा सपना’मा समावेश गीत हो । गीतमा कर्णदासको संगीत तथा स्वर रहेको छ ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments