काठमाडौं । विश्वप्रतिष्ठित फिल्म ‘रोटड्याम फिल्म फेस्टिभल’मा छनोट भएको नेपाली लघु फिल्म ‘बाघथान’को ट्रेलर सार्वजनिक भएको छ। सुनिल पाण्डेको लेखन तथा निर्देशन रहेको फिल्मको ट्रेलर बुधबार युट्युबमार्फत सार्वजनिक गरिएको हो।
रामकृष्ण पोखरेलको निर्माणमा बनेको फिल्ममा चन्द्रबहादुर खत्री, शिशिर भण्डारी, मीना पाण्डे, मनीषा पाण्डे, अमर खत्रीलगायतका कलाकारको अभिनय रहेको छ।
फिल्ममा शरद महतोको सिनेमेटोग्राफी, किशोर आचार्यको ध्वनि, कपिल पराजुलीको रंग संयोजन तथा पासाङ दावा शेर्पा र निर्देशक पाण्डेकै सम्पादन रहेको छ।