Todays Date: २०८३ जेष्ठ ११

गायक तथा संगीतकार अंकित बाबु अधिकारीको ‘कफी क्रस’ (भिडियोसहित)


काठमाडौं । नेपाली संगीतमा नयाँ-नयाँ प्रयोग गर्दै उत्कृष्ट संगीत सिर्जनामा सक्रिय गायक तथा संगीतकार अंकित बाबु अधिकारीले यो पटक फेरि अर्को नयाँ प्रयोग गर्दै टिनेजर्सको कथामा आधारित ‘कफी क्रश्’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

रोमान्टिक भर्सनको यस गीतलाई सुमित विश्वकर्माले संगीत संयोजन गरेका हुन् । भिडियोमा गायक प्रताप दास र प्रियाना आचार्य ‘मुन्नी’ फिचर्ड छन् । क्याफेको वेटर को भूमिका गायक अंकित बाबु आफैँले निभाएका छन् ।

‘ए-सिरिज’ नामक च्यानलबाट सार्वजनिक गरिएको यस गीतको भिडियो निर्देशन नविन भट्टले गरेका हुन् । भिडियोको छायांकन अनिश स्याङ्देनले गरेका हुन् भने सम्पादन चानस पुन मगरले गरेका हुन् । आभा नेपाल यस भिडियोकी क्रिएटिभ डाइरेक्टर र निर्मात्री हुन् ।

गायक अधिकारीले यसअघि ‘के माया लाग्छ र’, ‘राम नाम’, ‘सम्झनालाई’, ‘याक्थुङ्मा कान्छी’ र ‘विनायो भाकैले’ जस्ता चर्चित गीतहरू सार्वजनिक गरिसकेका छन् । निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x