Todays Date: २०८३ जेष्ठ २८

‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन स्थगित

काठमाडौं । नेपाली फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन स्थगित गरिएको छ।

माघ १९ देखि प्रदर्शनमा आउने भनिएको फिल्मको प्रदर्शन कोरोनाका कारण स्थगित गरिएको हो।

यसअघि २०७६ फागुन ३० देखि प्रदर्शनमा आउने भनिएको फिल्म कोरोनाकै कारण रोकिएको थियो।

त्यसपछि आगामी माघ १९ देखि फिल्म प्रदर्शन गर्ने तयारीमा निर्माण पक्ष रहेको थियो।

कोरोनाको ओमिक्रोन भेरिएन्ट तीव्र गतिमा फैलन थालेपछि यतिवेला नेपालका फिल्म हल बन्द छन्।

यस्तो अवस्थामा फिल्मका निर्देशक तथा निर्माता सुदर्शन थापाले फिल्म प्रदर्शन फेरि स्थगित गरिएको जानकारी दिएका हुन्।

सुदर्शन र पूजा शर्माले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा पूजा र पल शाह मुख्य भूमिकामा छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x