News

सुरु भयो पल-समीक्षा लफडा: समीक्षाले किन लेखिन्, ‘अब समय आउँदैछ, यथार्थ खुलाउँदैछु’ ?

231325114 874403716832143 107445494346589062 n1


काठमाडौं । केही समयअघि गायिका समीक्षा अधिकारी र अभिनेता पल शाहबिच प्रेमसम्बन्ध रहेको विषय निकै चर्चामा थियो। प्रेम सम्बन्धबारे ‘गसिप’ बढ्न थालेपछि आफूहरुबिच प्रेम सम्बन्ध नभएको भनि दुवैले फेसबुकमार्फत स्पष्टिकरण दिएका थिए।

समीक्षाले स्टाट्स लेख्दै पलसँग आफ्नो कुनै सम्बन्ध नरहेको र पललाई अभिभावक मान्ने फेसबुकमा उल्लेख गरेकी थिइन्। तर, अहिले भने समीक्षाको बोलि फेरिएको छ। तिनै समीक्षाले सोही स्टाट्सको स्क्रिनसट पोष्ट गर्दै अब यथार्थ खुल्ने समय आएको लेखेकी छिन्। उनले आफूले त्यो बेला लेखेको कुरा वास्तविकता भन्दा फरक भएको र कसैको अुननयमा लेखेको बताएकी छिन्।

‘म लामो केही भन्दिँन। २४ अक्टोबर २०२१ मा मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकताभन्दा धेरै टाढा छ। जुन कसैको अनुनयमा लेखेको थिएँ। अब समय आउँदैछ, यथार्थ खुलाउँदैछु’ उनले उल्लेख गरेकी छिन्।

तीनदिनअघि पनि समीक्षाले नारीलाई कमजोर सोचेर उसको विश्वास र भावनामाथि खेल्न नहुने भनि लेखेकी थिइन्। सोहीदिन उनले अर्को स्टाट्स लेखिन्। जसमा लेखिएको छ, ‘सायद तिमिलाई नसम्झेको पल हुँदैनन्। रियल लाग्ने सबै अनुहार रियल हुदैनन्। विस्तारै खुल्छ मुकुन्डो।’

समीक्षाका यी लगातार आइरहेका स्टाट्सले उनी आफू र पलबिचको सम्बन्धबारे खुलाउन खोजेको अनुमान गरिँदैछ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments