News

गायक सुनिल गिरीको ‘तिमी आउँछौ की भनी’…

pal shah d1FAn4PnUG

काठमाडौं । पल अभिनित नयाँ म्युजिक भिडियो ‘तिमी आउँछौ की भनी’ को भिडियो सार्वजनिक भएको छ । भिडियोमा पललाई कृष्टिना थापाले प्रेमिकाको रुपमा अभिनयमा साथ दिएकी छन् ।

भिडियोमा प्रेमिकाले आफुले औधी माया गरेको प्रेमीको पर्खाइ र सम्झनामा बितेका दिनको कथा बुनिएको छ ।

यो गीत गायक सुनिल गिरीको स्वर रहेको ‘तिमी आउँछौ की भनी’ को फिमेल भर्सन हो । शब्द, संगीत पनि गायक गिरीकै रहेको गीतमा गायिका सुमन गुरुङको स्वर छ ।

गोपाल रसाइलीको एरेन्ज रहेको गीतको भिडियो अनिल के मानन्धरले निर्देशन गरेका हुन् । निर्देशक अनिलकै छायाङ्कन रहेको भिडियो मनोज कार्कीले सम्पादन गरेका हुन् ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments