Todays Date: २०८३ जेष्ठ ११

चर्चित र्‍यापर ‘लाउरे’लाई थप ११ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । ब्राउन सुगर कारोबार गर्ने समूहसहित पक्राउ परेका चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ लाई थप ११ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

कास्की जिल्ला अदालतले आइतबार थप ११ दिनको म्याद दिएको जिल्ला प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए । अदालतले पहिलोपटक ८ दिन र दोस्रोपटक १८ दिनको समय दिएको थियो । यससँगै लाउरे कम्तीमा ३७ दिन प्रहरी हिरासतमा रहने छन् ।

पुस १४ मा प्रहरीले पोखराको न्युरोडबाट लाउरेसहित ४ जनालाई पक्राउ गरेको थियो ।

लाउरे भनेर चिनिने आशिष रानामगर चर्चित र्यापर हुन् । उनी लागुऔषध प्रयोगकर्ता मात्रै भएको प्रहरीको निष्कर्ष छ । लाउरेले नविन गुरुङसँग ब्राउन सुगर किन्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

लाउरेसँगै पक्राउ पर्नेमा ध्रुव थापा, नविन गुरुङ र सुस्मिता गुरुङ छन् । पक्राउ परेकाहरुको साथबाट कास्की प्रहरीले १३ दशमलव १ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

१३ दशमलव १ ग्राम लागुऔषध कारोबार गर्नेलाई ५ देखि १० बर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । लागूऔषध नियन्त्रण ऐनअनुसार ब्राउन सुगर प्रयोगकर्तालाई १ वर्ष कैद हुने व्यवस्था छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x