काठमाडौँ । नायिका आँचल शर्मा लामो समयपछि फिल्ममा देखिने भएकी छिन्। लकडाउनपछि दक्षिण भारतीय फिल्म हिटम्यानमा अभिनय गरेकी आँचल यसपटक वधुका रूपमा फिल्ममा देखिनेछिन्।
मिलन चाम्सले नेपाली फिल्म ‘वर एन्ड वधु’ को निर्देशन गर्न लागेका छन् । यो फिल्मको लागि नायिका आँचल शर्मा वधुको भुमिकाको लागि अनुबन्ध भएकी छन् ।
हालसम्म आँचल मात्र कास्ट भएको यो फिल्मको लागि ‘वर’ अर्थात पुरुष कलाकारको खोजी भईरहेको छ ।
कमेडी र लभ स्टोरी कथामा बन्ने यो फिल्मका लागि नयाँ नायकको खोजी गरिएको हो । चलचित्रमा काम गर्न चाहने फ्रेस युवकले निर्माण टिमसँग सम्पर्क गर्न सक्ने निर्देशक मिलनले बताएका छन् ।
कोरोना कहरपछि नायिका शर्माले पहिलोपटक नेपाली फिल्ममा काम गर्ने लागेकी हुन् । ‘वर एन्ड वधु’ एल.आर.के इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने बताईएको छ । मिलनले हाल फिल्म ‘गोर्खा वारियर २’को छायांकन गरिरहेका छन् ।