काठमाडौं । गायिका सरिता भारती र गायक सुवर्ण कुमारको सहकार्यमा नयाँ काठे गीत ‘चिया पकाउ’ सार्वजनिक भएको छ । गीतमा सुवर्णकै शब्द, संगीत र संगीत संयोजन छ ।
भिडियोमा गायिका सरिता र अभिनेता प्रवण भुसालबीचको प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको छ ।
यो भिडियोमा सरिता र प्रवणसँगै विष्णु श्रेष्ठ, सुस्मिता श्रेष्ठ, सुनिता मगराती, सुस्मिता कार्कीको पनि अभिनय रहेको छ ।
सुवास बुढाथोकीको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा एस कुमारको छायांकन र सम्पादन तथा वीरेन्द्र भाट विपिनको रंग संयोजन छ ।