Todays Date: २०८३ जेष्ठ १२

देशैभरका सिनेमा हल खुले, ‘चपली हाइट ३’ र ‘कठपुतली’ पुन: प्रदर्शनमा

काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहरबीच बन्द भएका देशैभरका सिनेमा हल आजबाट खुलेका छन्। संक्रमण दर कम हुँदै गएपछि काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले फागुन १ गतेदेखि हल खोल्न पाइने निर्णय गरेका थिए। सोही निर्णयअनुसार आइतबारबाट हल सञ्चालनमा आएका हुन्।

सिनेमा हल खुलेसँगै नेपाली फिल्म ‘चपली हाइट ३’ र ‘कठपुतली’ फेरि प्रदर्शनमा आएका छन्। गत पुस १६ मा ‘कठपुतली’ र पुस ३० मा ‘चपली हाइट ३’ रिलिज भएका थिए। तर कोरोनाको ओमिक्रन भेरिएन्ट फैलिएसँगै सरकारले माघ ३ गतेबाट हल बन्द गर्ने निर्णय गरेपछि यी फिल्मको प्रदर्शन रोकिएको थियो।

प्रदर्शनकै बेला रोकिएका यी दुई नेपाली सिनेमाले दोस्रो मौका पाएका हुन्। निकेश खड्काको निर्देशन र अर्जुनकुमार निर्माता रहेको ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, दीपाश्री निरौला, लक्ष्मी बर्देवा लगायतको अभिनय रहेको छ।

त्यसैगरी, पृथ्वी राना मगरको लगानी रहेको भीमसेन लामा निर्देशित ‘कठपुतली’ मा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायत कलाकारको अभिनय छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x