Todays Date: २०८३ जेष्ठ ११

‘रानी’ लिएर आए गायक अमित बराल (भिडियोसहित)

काठमाडौं । गायक अमित बरालको नयाँ गीत ‘रानी’ सार्वजनिक भएको छ। कमल रेग्मीको शब्दमा रहेको र बरालले स्वर दिएको गीत बुधबार सार्वजनिक भएको हो।

गीतमा एक युवकले आफ्नो प्रेमिकाप्रति प्रस्तुत गरेका भावनालाई समेटिएको छ। गीतमा पुष्पन प्रधानले संगीत दिएका छन्।

संगीतमा ताल जोय नन्दीको छ भने बाँसुरीमा बुबई नन्दी, गितारमा भास्कर सुनार र सितारमा सुवास बोस रहेका छन्।

‘भिजुअल आर्टस्’को ब्यानरमा बनेको गीतको भिडियोलाई बिबेक रसाईंलीले निर्दशन गरेका छन्। भिडियोमा गायक अमित बराल र इशा बरालकै अभिनय रहेको छ।

भिडियोको कला निर्देशन सुष्मा सिग्देलले गरेकी छिन भने सम्पादन भुपेन्द्र अधिकारीले गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x