म यस्तो गीत गाउँछु २’को नयाँ गीत सार्वजनिक
काठमाडौं । फागुन १३ गते रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को नयाँ गीत सार्वजनिक गरिएको छ ।
यो चलचित्रमा समावेश ‘चुपचाप जिन्दगी’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।
‘चुपचाप जिन्दगी’ बोलको गीतमा सुरेश लामा र अस्मिता अधिकारीको स्वर रहेको छ भने शब्द तथा संगीत अर्जुन पोखरेलको हो । थारु र नेवारी प्रमोशनल गीतबाहेक फिल्ममा समावेश सम्पूर्ण गीतहरुमा अर्जुनले नै संगीत भरेका छन् ।
चलचित्रमा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा, सुदर्शन थापाको कथा, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन छ ।
पूजा शर्मा र सुदर्शन थापा निर्माता रहेको चलचित्रमा जन्मजय साम्पाङ राई सहनिर्माताको रुपमा छन् । चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।