काठमाडौं । नायक पल शाहले आफू निर्दोष रहेको बताएका छन् । प्रहरी समक्ष उपस्थित हुनु अगाडि उनले सामाजिक सञ्जालमा भिडियोमार्फत आफू निर्दोष भएको दाबी गरेका हुन् ।
सुरुदेखि नै आफूलाई फसाउने षड्यन्त्र भएको पनि उनले दोहोर्याएका छन् । यद्यपि, आफूले प्रहरी, प्रशासन र अदालतलाई सघाउने बताएका छन् ।
प्रहरीसमक्ष आत्मसर्मपण गरेका अभिनेता पल शाहले आफूलाई एकपटक दर्शकसँग बसेर चलचित्र हेर्न मन लागेको इच्छा व्यक्त गरेका छन् ।
प्रहरीसमक्ष आत्मसर्मपण गर्नुअघि पलले एक भिडियो सार्वजनिक गर्दै आफ्नो इच्छा व्यक्त गरेका हुन् ।
उनले भनेका छन्, ‘सरकारसँग म एकपटक दर्शक र मेरो टिमसँग बसेर चलचित्र हेर्ने इच्छा व्यक्त गर्दछु । मलाई थाहा छैन मेरो यो कुरा पूरा हुन्छ या हुँदैन । सम्भव भयो भने त्यो अवसर पनि दिनुहुनेछ भन्ने लागेको छ । सम्मानित अदालतले जे निर्णय गर्नेछ, म त्यसलाई स्वीकार गर्नेछु ।’
उनले अगाडि भनेका छन्, ‘म केही दिन आफ्नै कारणले गर्दा प्रहरीसमक्ष उपस्थित हुन सकिनँ । मेरो कारणले कसैलाई गाह्रो परेको छ भने माफी माग्न चाहन्छु । कानुनलाई म पूर्ण रुपमा सघाउनेछु । मलाई यो घटनाको पहिलो दिनबाट नै फसाउने कोशिश गरिएको थियो ।’