काठमाडौं । लोकगायक तथा चलचित्र निर्देशक नारायण रायमाझीले ‘यौवन’ बोलको आधुनिक गीत सार्वजनिक गरेका छन् ।
लालगोपाल सुवेदीको शब्द र नारायण रायमाझीको संगीत रहेको गीतमा दीपा सुहाङले स्वर दिएकी छन् । यस गीतका ओरिजिनल गायक भने राजेशपायल राई हुन् ।
मनोज खड्काको एरेन्ज रहेको गीतको भिडियो रायमाझीकै ‘रीमा इन्टरटेनमेन्ट’ युट्युब च्यानलमार्फत शनिबार सार्वजनिक गरिएको हो ।