Todays Date: २०८३ जेष्ठ १२

अभिनेता सौगात मल्लको ‘द सेक्रेट अफ राधा’ भदौ २४ देखि हलमा


काठमाडौं । नेपाली फिल्म ‘द सेक्रेट अफ राधा’को प्रदर्शन मिति भदौ २४ लाई तोकिएको छ। फिल्मका निर्देशक सुवर्ण थापाले फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेका हुन्।

सामाजिक मुद्दामा बनेको नारीप्रधान फिल्ममा सृष्टि श्रेष्ठ केन्द्रीय भूमिकामा देखिएकी छन्। फिल्ममा सृष्टिसँगै खगेन्द्र लामिछाने, दयाहाङ राई, निश्चल बस्नेत, मेनुका प्रधानलगायत कलाकारको मुख्य भूमिका रहेको छ।

‘राधा’ मार्फत अभिनेता सौगात मल्लले पनि फिल्म निर्माणमा हात हालेका छन्। सौगात र निर्देशक थापाको संयुक्त लगानीमा फिल्म बनेको हो।

फिल्मको प्रदर्शन मिति सार्वजनिक गर्न पाउँदा हर्षित रहेको निर्देशक थापाले सामाजिक सञ्जालमार्फत जनाएका छन्। साथै फिल्म निर्माणको क्रममा जोडिएका सबैप्रति आभार पनि व्यक्त गरेका छन्।

थापाको निर्देशनमा अर्को फिल्म ‘म’ निर्माणको क्रममा रहेको छ। योबाहेक उनले ‘सुनगाभा’ र ‘फन्को’ निर्देशन गरिसकेका छन्। जसमध्ये ‘सुनगाभा’ले अन्तरराष्ट्रिय स्तरमै चर्चा कमाएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x