तारा अधिकारीको ‘हाँसी खुशी’ (भिडियोसहित)
काठमाडौं । गीतकार तारा अधिकारीको नयाँ गीत ‘हासीखुशी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा प्रविण बेडुवालको स्वर र हरि लम्सालको सङ्गीत छ। यस्तै उदयराज पौडेलको सङ्गीत सञ्योजन रहेको गीत अकस्टिक नेपालमा रेकर्ड गरिएको हो।
गीतको भिडियोमा विदेशिएको एक युवालाई श्रीमतीले धोका दिएको देखाइएको छ। आमाको गहना बेचेर विदेश गएका श्रीमानले पठाएको पैसा समेत श्रीमतीले सिद्ध्याएको कथा गीत र भिडियोमा छ।
भिडियोमा जीवन भट्टराई, रमा थपलिया, रामचन्द्र अधिकारी, रक्षा थापा लगायतका कलाकारको अभिनय रहेको छ। सागरबाबु भट्टको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन र प्रविण भट्टको सम्पादन रहेको छ।
गीतको भिडियो पनि सुनौलो तारा मोसन पिक्चर्स युट्युब च्यानलमा रिलिज गरिएको छ।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।