News

पाँचौँ ‘ग्लोबल नेपाली फिल्म अवार्ड–२०२२’ अमेरिकाको टेक्सासमा हुने

global fil fare festival2022 03 09 12 08 55

काठमाडौं । यसपटकको ग्लोबल नेपाली फिल्म अवार्डको पाँचौ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ ।

मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच जुलाई २२ मा अवार्ड कार्यक्रम हुने जानकारी दिइएको हो ।

नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड र एसोसिएसन अफ नेप्लिज इन द अमेरिकाजले संयुक्त रुपमा अवार्ड गर्न लागेका हुन् ।

ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसीका अध्यक्ष तथा प्रमुख आयोजक नवराज श्रेष्ठका अनुसार अमेरिकामा बसोबास गर्ने फिल्मकर्मी र नेपालबाट केही कलाकार, निर्माता तथा निर्देशकको उपस्थिति रहने छ ।

उनका अनुसार यस वर्षको एटिए एभरेष्ट इन्स्योरेन्स पाँचौ ग्लोबल नेपाली फिल्म अवार्ड म्युजिक भिडियो, संगीत, सञ्चार र सोसल अवार्ड समेत वितरण गरिनेछ ।

यसअघिका चार संस्करण अमेरिकाको कोलोराडोको डेनभर सहर, क्यालिफोर्नियाको सानफ्रान्सिस्को सहरमा आयोजना गरिएको थियो । कोरोना महामारीका कारण सन् २०२० र २०२१ मा अवार्ड आयोजना हुन सकेको थिएन ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments