Todays Date: २०८३ जेष्ठ १३

हेमन्त शर्माको ‘एक जुनी हैन’,आकाश श्रेष्ठ र रियासा दाहालको अभिनय (भिडियोसहित)

काठमाडौं । गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक भएको छ । शर्माले बिहीबार साँझ आफ्नै युट्युब च्यानलमार्फत ‘एक जुनी हैन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

गीतमा शब्द र संगीत स्वयम् शर्माको रहेको छ । उनलाई महिलाको स्वरमा भने गायिका अस्मिता अधिकारीले साथ दिएकी छिन् ।

खास गरी एकल गायनका लागि चिनिएका शर्माले २०७६ भदौमा ‘बनमारा’ बोलको दोहोरी गीत सार्वजनिक गरेयता कुनै पनि एकल गीत गाएका छैनन् ।

‘एक जुनी हैन’ गीतको गीति भिडियोमा आकाश श्रेष्ठ र रियासा दाहालको अभिनय रहेको छ । भिडियोमा निर्देशन निकेश खड्काको रहेको छ भने सम्पादनको जिम्मा विकास धमलाले सम्हालेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x