चलचित्र ‘हेल्लो जिन्दगी’ को प्रदर्शन मिति सारियो
काठमाडौं । आगामी चैत ११ गतेबाट प्रदर्शन हुने भनिएको चलचित्र ‘हेल्लो जिन्दगी’ को रिलिज मिति सारिएको छ।
सोही मितिमा भारतीय फिल्म ‘आरआरआर’ प्रदर्शनमा आउने भएपछि हेल्लो जिन्दगीको रिलिज मिति सारिएको निर्माण पक्षले जनाएको छ।
निर्माण पक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्म एक हप्ता पछि सारिएकाे जानकारी दिएको हो।
त्रिकोणत्मक प्रेम कथा रहेको फिल्ममा विक्रमसँगै दीपिका प्रसाईं र प्रियंका कार्कीको पनि अभिनय छ। नेपाल र बेलायतको रमणीय दृश्यमा छायांकन गरिएको फिल्मलाई एभरेष्ट सूर्य बोहराले निर्देशन गरेका छन्।
चलचित्रमा विल्सन विक्रम राई, विक्रान्त बस्नेत, सविता गुरुङ, ध्रुव दत्तलगायतका कलाकारको अभिनय पनि छ । हिराल जोशी र विक्रम जोशी निर्मातामा रहेको फिल्ममा सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेकी छन् ।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।