काठमाडौं । चैत्रको १५ गतेबाट छायांकनमा जान लागेको चलचित्र ‘२ नम्बरी’मा अभिनेत्री वर्षा राउत बाहिरिकी छिन् । आरोप–प्रत्यारोप निर्माताले उनको स्थानमा अर्की नायिकालाई भित्र्याउने भएको छ ।
अभिनेत्री राउतले आफूले अर्को प्रोजेक्टमा समय दिनुपर्ने र सो फिल्मको छायांकन तालिका जुधेपछि छाड्ने निर्णय गर्नुपरेको बताएकी छन् ।
तर प्रस्तुतकर्ता किरण नेपालीले चाहिं राउतलाई निकालिएको बताएका छन् ।
नायक पल शाह यतिबेला प्रहरी हिरासतमा रहेकाले नायक सौगात मल्लको इन्ट्री भएको छ । २ बर्ष अगाडि शुभसाइत गरेर छायांकन सुरु गर्दा चलचित्रमा नायक पल शाहको मुख्य भूमिका थियो ।