Todays Date: २०८३ जेष्ठ १२

धिरज राईको गीत ‘लुकी लुकी’ २५ बर्षपछि नयाँ स्वरुपमा (भिडियोसहित)

काठमाडौं । गायक धिरज राईको गीत ‘लुकी लुकी’ २५ बर्षपछि युट्युवमा फेरि सार्वजनिक गरिएको छ । ट्रि इन्टरटेन्मेन्टले यसपटक भिडिओ मेकिङ गर्दै नयाँ स्वरुप दिएको हाे ।

भिडियोमा अभिनेत्री आँचल शर्मा, अभिनेता डेल्विस र राजले अभिनय गरेका छन्। गीतमा शब्द तथा संगीत पनि गायक धीरजकै रहेको छ। संगीतको एरेन्ज रविन दर्शनधारीले गरेका छन्।

नयाँ भिडियोसहित सार्वजनिक भएको गीतको निर्माण दिनेश दर्शनधारी र यशोधा राईले गरेका छन्। भिडियोको निर्देशन माइकल चन्दले गरेका छन् भने कोरियोग्राफी ‘माइकल स्टेप अप एण्ड आर्टस् एकेडेमी’को रहेको छ।

https://youtu.be/JM-AdM02m-w
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x