काठमाडौं । अभिनेता पल शाहको अभिनय रहेको ‘झम्के साँझ’ गीतको भिडियो सार्वजनिक भएको छ। लोकपप गायक सुनिल गिरीको स्वरमा तयार भएको ‘झम्के साँझ’मा अभिनेता पललाई अभिनेत्री प्रकृति श्रेष्ठले साथ दिएकी छिन्।
गायक गिरीकै शब्द, संगीत, स्वर र संगीत संयोजन रहेको गीतमा गायिका सुनिता तिमल्सिनाले साथ दिएकी छिन्।
भिडिओमा रोदी घरमा हुने ‘झम्के साँझ’मा आफ्नी मायालुलाई ढिला आएको आरोप लगाउँदै ठट्टा गरिएको रमाइलो किस्सालाई निर्देशक दिपेन्द्र तिमल्सिनाले कलात्मक शैलीमा तयार पारेका छन्।
भिडिओमा अर्जुन तिवारीको छायांकन, मनोज कार्कीको सम्पादन र कलर रहेको भिडिओ गायक गिरीकै अफिसियल युट्युव च्यानलबाट बजारमा ल्याइएको हो।